सीको नेपाल भ्रमणमा स्वाभिमानपूर्ण ढङ्गबाट परिपक्व कुटनीतिको अभ्यास गरौँ



चिनियाँ राष्ट्रपतिको भ्रमणको सन्दर्भमा:

१. राष्ट्रपति सी चिनफिङलाई ह्रिदयदेखिको स्वागत छ। स्वागतका लागि रातारात काठमाडौँको मुहार जसरी फेरियो त्यो देखेर नेपालस्थित विदेशी अधिकारीहरू मनमनै मुस्काईरहेको हुनुपर्छ। दुई हप्तामा फेर्न सकिने मुहार गत दुई वर्षमा फेर्न कोशिस गरेको भए शहरको सौन्दर्य कति दिगो हुने थियो। शहरको मुहार दिर्घकालका लागि यसैगरी फेरौँ र पाहुना आउँदा त्यसमा थोरै ‘सृङ्गार’ थप्ने गरौँ। नत्र सधैँ ‘फेर्नेलाई भन्दा देख्नेलाई लाज’ हुने अवस्था सृजना हुन्छ।

२. बढी उत्साहित भएर विगतका केही घटनामा जस्तो झ्वाम्लाङ्गै अंगालो हाल्ने या प्रोटकलको ख्याल नगर्ने काम नगरौँ।

३. बढी आशावादी भएर हाम्रो वैदेशिक नीतिमा सम-निकटता (equi-proximity) को दिर्घकालीन महत्व र अत्यावश्यकतालाई नबिर्सौँ।

४. बदलिँदो विश्व राजनीतिमा नेपालको रणनीतिक महत्व सर्वशक्तिमान अमेरिका र उदयमान शक्ति चिन र भारत दुबैको लागि बढेको प्रष्टै देखिएको छ। यो चुनौति र अवसर दुबै हो। पार्टीगत घेराभन्दा माथि उठेर राष्ट्रिय हितका लागि ‘संवेदनशील, सकारात्मक, शन्तुलित र स्वाभिमानपूर्ण’ ढङ्गबाट परिपक्व कुटनीतिको अभ्यास गरौँ।

५. सबैको चासो बढेका बेला पूर्वाधार विकासमा सहयोग लिनेदेखि बैदेशिक लगानी बढाउने सुनौलो अवसर मिलेको छ। हाम्रो काम गर्ने आन्तरिक क्षमता अभिवृद्धी नगर्ने हो भने हामीले प्राप्त गरेको अवसर गुमाउने छौँ। राष्ट्रपति सिको भ्रमणलाई दिएको जत्तिकै महत्व भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन बढाउन दिएनौँ भने भएका संझौताहरू लामो समयसम्म अलपत्र पर्नेछन्।

६. चिनियाँ सहयोगका कारण कयौँ देशहरू ऋणको पासोमा परेका समाचारहरू आउने गरेका छन्। ती पुराना अनुभवबाट हामी सावधान हुन सक्छौँ। यसमा ख्याल गरौँ।

७. चिनबाट रूपान्तरणकारी सहयोग प्राप्त हुँदा त्यसले भारतबाट पनि त्यस्तै सहयोग आकर्षण गर्न सहयोग पुर्याउने छ। तर त्यो हाम्रो कुटनीतिको स्तरमा भर पर्नेछ।

८. भारत र चिन जसरी विकशित भइरहेका छन्, त्यसको बीचमा अवस्थित नेपालको सिर्फ दुईवटा नियति हुन सक्छ: पहिलो, ‘संवेदनशील, सकारात्मक, शन्तुलित र स्वाभिमानपूर्ण’ कुटनीतिक अभ्यासद्वारा विकासको सहयात्री बन्ने। दोस्रो, भ्रष्ट, अपरिपक्व र स्वार्थ केन्द्रीत राजनीतिद्वारा नेपाललाई शक्तिराष्ट्रहरूको क्रिडास्थल बनाउने। अहिलेको नेतृत्व र प्रमुख प्रतिपक्षको लागि वैदेशिक नीतिमा सबैभन्दा ठूलो चुनौति त्यही नै हुनेछ।

भ्रमण पूर्णरूपमा सफल रहोस्, नेपाल-चिन सम्वन्ध प्रगाड र उपलब्धिमूलक होस्!

रवीन्द्र मिश्र

संयोजक, साझा पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौंमा मेलम्चीको पानीको आपूर्ती

नेपाल प्रहरीका पाँच एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी), नायब महानिरीक्षक (डीआईजी) बढुवाका

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच दुई घण्टा के विषयमा भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ

प्रकाशमानको प्रश्नः कांग्रेस-एमाले सरकार बनेपछि कुनै ‘स्क्याम’ सुन्नुभएको छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन्