कुलमानको कौशल: विद्युत् प्राधिकरणको सुध्रिएको वित्तीय स्थितिले दिएका अवसर यस्ता



नेपाल विद्युत् प्राधिकरणको वित्तीय अवस्था निकै सुध्रिएका कारण अब यसले विद्युत क्षेत्रमा थप स्वदेशी तथा विदेशी लगानी आकर्षित हुने कार्यकारी निर्देशकले बताएका छन्।

सरकारले आगामी दिनमा विद्युत क्षेत्रमा केवल पूर्वाधार तथा प्रसारण लाइनमा मात्र लगानी गरे पुग्ने पनि उनले बताए।

केही वर्ष अगाडिसम्म नियमित तलब खुवाउन समेत सरकारको मुख ताक्न बाध्य प्राधिकरणले यो वर्ष ७ अर्ब रुपैयाँ नाफा गरेको छ।

नेपालमा ऊर्जा क्षेत्र स्वदेशी तथा विदेशी लगानीको लागि सबभन्दा योग्य मानिएको वर्षौँ बित्दा समेत अपेक्षित लगानी हुन नसकेको ठान्नेहरू धेरै छन्।

त्यसको एउटा कारण बिजुली किन्ने एकमात्र निकाय विद्युत् प्राधिकरण आफैँको वित्तीय स्थिति कमजोर रहनु पनि मानिएको थियो।

तर त्यो अवस्थामा अब पूरै परिवर्तन आएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।

उनका अनुसार ३ वर्षअघि सम्म ९ अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरणले यो वर्ष ७ अर्ब रुपैयाँ नाफा गरेको छ र अझै थप नाफा हुनेतर्फ अग्रसर छ। त्यसको प्रभाव देशको समग्र ऊर्जा क्षेत्रमा हुने लगानीमा पर्ने उनले बताए।

“उत्पादित बिजुली किन्ने र वितरण गर्ने जिम्मा पाएको विद्युत प्राधिकरणको वित्तीय स्थिति नकारात्मक हुँदा उसले बिजुली किन्ने सम्झौता पीपीए गर्ने क्षमतामा असर पर्छ तथा लगानीकर्तालाई ब्याङ्कसँग पैसा जुटाएर वित्तीय व्यवस्थापन गराउन अप्ठेरो पर्छ। तर प्राधिकरणको वित्तीय स्वास्थ्य राम्रो हुँदा प्रत्यक्ष वैदेशिक लगानी जुट्न पनि सहज हुन्छ,” उनले भने।

नाफा बढाउनुका साथै बिजुली चुहावट घटाउन समेत सफलता पाइँदै गएको भन्दै घिसिङले यो अवस्था सुध्रँदै गएकोले अब प्राधिकरण आफैँले थुप्रै लगानी गर्न सक्ने बताए।

“अबको एक दुई वर्षमा हाम्रो स्थिति अझै राम्रो हुन्छ। र नेपालको जलविद्युत्‌ क्षेत्रमा आफैँ लगानी गर्न थप सक्षम हुनेछौँ।”

उनले आउने दिनमा सरकारले प्रसारणलाइनसहित अन्य पूर्वाधारमा भने लगानी गरिदिनुपर्ने बताए।

हाल नेपाल विद्युत्‌ प्राधिकरणले एक डेढ वर्षभित्रै सुरु हुने गरी करिब २ हजार मेगावाटका आयोजना अगाडि बढाइरहेको उनले बताए।

प्राधिकरणको वित्तीय स्वास्थ्यमा आएको सुधारले खुशी भएको बताउने स्वतन्त्र ऊर्जा उत्पादक अथवा स्वदेशी निजी लगानीकर्ताहरूले भने त्यसको फाइदा आफूहरूले अझै पाउन भने नसकेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा उपनिर्वाचनका उम्मेदवार घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते तीन क्षेत्रमा हुने उपनिर्वाचनका लागि

एमालेले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले वैशाख दश गते हुने उपनिर्वाचनमा चितवन २ मा रामप्रसाद

समाजवाद उन्मुख देशका मानिस आफ्ना खर खाँचोको लागि किन मिटरब्याजी समक्ष ऋण लिन जान्छन् ?

केशवप्रसाद भट्टराई । १. हामीसँग स्थानीय र प्रदेश सरकार पनि छन् तर उखु

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने

काठमाडौं । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन