एनआरएनएको नवौं विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु, सम्मेलन असोज २८, २९ र ३० गते हुँदै



गैर आवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भएको छ ।

एनआरएनएका सचिव जानकी गुरुङले ५० भन्दाबढि देशका प्रतिनिधिहरु नवौं विश्व सम्मेलनमा भाग लिन काठमाडौं आईसकेको जानकारी दिएका हुन् ।

एनआरएनएको सम्मेलन आगामी असोज २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ । ५५ देशका करिव २२ सय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने एनआरएनएको अनुमान छ । भोली ९बिहीबार०बाट सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ता गर्ने क्रम सुरु हुने सचिव गुरुङले बताईन् ।

उनले २७ गतेसम्म सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ताको काम सकिने बताईन् । असोज २८ गते मंगलबार राजधानीको पाँचतारे होटल हायात रिजेन्सीमा प्रधानमन्त्री ओलीले सम्मेलनको उद्घाटन गर्नेछन् ।

त्यसपछि दोस्रो दिन २९ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । ३० गते सम्मेलन समापन गर्ने कार्यक्रम तय गरिएको एनआरएनले जनाएको छ ।

सचिव गुरुङले सम्मेलन व्यवस्थित ढंगले आयोजना गर्न लागिएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आह्वान गरेकि छिन् । हरेक वर्ष असोज २४ गतेलाई एनआरएनएले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । यसै अवसर पारेर सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा नयाँ नेतृत्वका लागि कुमार पन्त र कूल आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिल्ली पुगेर प्रधानमन्त्रीले भने-विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न सरकार क्रियाशील छ

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बुधबारदेखि सुरु गरेको भारत भ्रमण सद्भावना

प्रधानमन्त्री र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीका

नत्र यो देश २८ पटक सगरमाथा आरोहण गर्ने कामिरिताका लागि मात्र होइन, हाम्रा सन्तानका लागि पनि बस्न अयोग्य हुनेछ

रविन्द्र मिश्र । यो व्यवस्था सुध्रन्छ भन्ने आशा गर्नु ‘गधालाई धोएर गाई बन्छ’

प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्रीले गरिन् स्वागत

काठमाडौं । चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई