चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा रेल सेवा विस्तारको सम्झौता गर्ने सरकारको तयारी



प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणले दुई मुलुकबीचको विश्वासको वातावरणलाई नयाँ उचाईमा पु-याउने विश्वास व्यक्त गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले राष्ट्रपति सीको राजकीय भ्रमणमा रेल सेवा विस्तार, सडक विस्तार, विद्युतीय लाईन विस्तारलगायतका कनेक्टिभीटीको क्षेत्र नयाँ आयाम थपिने बताए । चिनियाँ राष्ट्रपति सीको नेपालको राजकीय भ्रमण आगामी शनिबार र आईतबार हुँदैछ ।

उनले राष्ट्रपति सी र प्रधानमन्त्री केपी ओलीबीच हुने उच्चस्तरीय भेटवार्ताबाट दुई मुलुकबीचको समस्यारहित सम्बन्धले फड्को मार्ने बताए ।

उनले मुलुकको आर्थिक समृद्धि र विकासको अवधारणालाई अघि बढाउन पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले चिनियाँ राष्ट्रपति सीको भ्रमणको स्वागत गर्दै मुलुकको आवश्यक्तालाई हेरेर सम्झौता गर्न सरकारलाई सुझाव दिए ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हुन लागेको हो । राष्ट्रपति विद्या भण्डारीको मैंत्रीपूर्ण निमन्त्रणामा हुन लागेको चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणका क्रममा रेल सेवा विस्तारका लागि सम्झौता गर्ने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन बजेट नपुग्दा देशले गुमाउनेछ यस्ता सुविधा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकलाई सन् २०२६ मा अतिकम

स्याउ बोकेको कन्टेनरबाट रसुवामा सात किलो सुन बरामद

काठमाडौं । रसुवाबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ । जिल्ला प्रहरी

संसदीय उपसमितिद्वारा शिक्षा समितिलाई विद्यालय शिक्षा विधेयकको प्रतिवेदन हस्तान्तरण, यस्ता छन् उपसमितिका सुझाव

काठमाडौं । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिले विद्यालय शिक्षा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अध्ययन उपसमिति संयोजकको जिम्मेवारी मञ्जु खाँणलाई

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको भनिएको अनियमितता छानबिन गर्न