बडादशैंको दशौं दिन आज विजया दशमी, टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा



आज आश्विन शुक्ल दशमी अर्थात् विजयादशमी ।

नेपालीहरुले आजको दिन आफ्ना मान्यजन तथा अग्रज अभिभावकबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा र आशिर्वाद ग्रहण गरी देशभर हर्षोल्लासका साथ विजयादशमी मनाउँदै छन् । आज बडादसैंको मुख्य दिन भए पनि टीका लगाउने क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म नै रहन्छ ।

देशका केही भेगमा भने आजको दिनमात्र टीका लगाउने चलन पनि छ। नेपाल पञ्चाङ्ग निर्णायक समितका अनुसार यो वर्षको दसैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनटेमा रहेको छ । ८ बजेर ४५ मिनेटमा देवी विर्सजन गरिएको छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा विजयादशमी मान्ने गरेको किम्दन्ति रहेको छ । दसैँमा नवीन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ ।

दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसवर्ष पूँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै

कर्मचारीको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

काठमाडौं । कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज हुने भएको छ

२० वटा संस्था खारेज गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र आवश्यक नरहेका २०