संसदीय समितिद्वारा बेनी–जोमसोम केरला सडक खण्डको स्थलगत निरीक्षण



संसदीय समितिले चीनसँग जोडिएको केरला नाका छिटोभन्दा छिटो खुलाउने गरी भौतिक पूर्वाधारको काममा तीव्रता दिन सरकारलाई सचेत गराएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिले केरला नाका पुग्ने बेनी–जोमसोम–केरला सडक खण्डको स्थलगत निरीक्षणको क्रममा उक्त नाका छिटोभन्दा छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई सचेत गराएको हो ।

समितिकी सभापति कल्याणी खड्काले ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै नाका खुलाउने गरी पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिनईन् । सभापति खड्काले पुलहरुको डिजाईन समेत नभएकाले सरकार उक्त नाका खुलाउन गम्भिर नभएको हो कि भन्ने देखिएको बताईन् ।

समितिले केरला नाकासँग जोडिएको बेनी–जोमसोम–केरला सडक खण्ड निर्माण कार्य पनि अति सुस्त भएको निष्कर्ष निकाल्दै ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देश गरेको छ ।

समितिले भौगोलिक विकटताका कारण सडकखण्ड निर्माणको काममा ढिलाई हुन गएको निष्कर्ष पनि निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ

स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई खर्ब २७ अर्ब बजेट

  काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश

यसवर्ष पूँजीगत खर्च ६७ प्रतिशत मात्रै हुने अनुमान

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै

कर्मचारीको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

काठमाडौं । कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज हुने भएको छ