बडादशैंको आठौ दिन आज महागौरीको पूजा गरिदैं, देशभरीका शक्तिपीठहरुमा भक्तजनहरुको भीड



नेपालीहरुको महान चाड बडा दशैको आठौ दिन आज महागौरीको पूजा हुदैंछ ।

आजको दिन दशैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना गरि महाअष्टमी मनाईदै छ । आजैको दिन देबीले राक्षसहरुलाई मारेको दिनभएकोले जनावारहरुको बलिदिने चलनको सुरुवात गरिएको हिन्दु धर्मग्रन्थहरुमा लेखिएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दर्शैघर अथवा मण्डपमा वैदिक विधिपूवक नवदुर्गा भवनाको आवाहन गरी घटस्थापना गरिएको स्थानमा आज महा अष्टमीको पूजाआजा गरिन्छ ।

काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती लगायत शक्तिपीठहरुमा बलि चढाउने र पूजा आराधना गर्नेहरूको बिहानदेखि घुइँचो लाग्ने गर्छ । पशुबली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरैंला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।

हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्धः प्रधानसेनापति

काठमाडौं । रक्षामन्त्री डा मीनेन्द्र रिजालले सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका

सरकारद्वारा चन्द नेतृत्वको नेकपासँगको सहमति कार्यान्वयनको पहल सुरु

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग

‘ओलीले चोलेन्द्र समशेरलाई लगाएको भाग दुनियाँले देखेको थियो, तर त्यसलाई सहज र स्वाभाविक मानियो’

केशवप्रसाद भट्टराई । १. मैले शेरबहादुर देउवालाई नभेटेको धेरै वर्ष भयो । त्यसैले

एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पायो पूर्णता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । पार्टीको