कम्युनिष्टका काण्डै काण्डले मुलुककै बेइज्जत भएको कांग्रेस सभापति देउवाको आरोप



प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘महरा काण्ड’ का दोषीमाथि कार्वाही नगरेकोमा सरकारप्रति दोष प्रकट गरेका छन् ।

दशैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै महराकाण्डले मुलुकको शीर निहुरीएको भन्दै दुई तिहाईको सरकारले मुलकलाई बर्वाद बनाएको बताए ।

उनले यौन दूव्र्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि कार्वाही गर्नुको साटो सरकार आफैले संरक्षण गर्ने काम गरिरहेको दावी गर्दै आक्रोस व्यक्त गरे । ‘महराजस्तो मान्छेलाई सबै जिम्मेवारीबाट नहटाएकोमा’ देउवाको आपत्ति छ ।

सभापति देउवाले सर्वसाधारणले दशैं समेत मनाउन नसक्ने गरी महंगी बढदा पनि सरकारले नियन्त्रण गर्न नसकेको दावी गरे । कार्यक्रममा बोल्दै काँग्रेस नेता प्रकाशमान सिंहले सरकारले जनताको अपेक्षा अनुसार कुनै काम गर्न नसकेको दावी गरे ।

नेता सिंहले जनताले मुलुकमा सरकार भएको अनुभूति गर्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कर्मचारीले गरेको गल्तीमा गृहमन्त्रीलाई मुछ्नु अनावश्यक’

काठमाडौँ । सत्तारुढ कांग्रेस र एमालेले भिजिट भिसा प्रकरणमा कर्मचारीको बदमासीलाई लिएर गृहमन्त्री

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापन सहज हुँदै जाने राष्ट्र बैंकको अनुमान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो

रास्वपामा अनिलकेशरी शाह र सुमनाको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले पदबाट दिएको राजीनामा

गृहमन्त्रीकाबारेमा के भन्यो एमालेले ?

काठमाडौं । नेकपा एमालेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकका समाजिक संजालले अनुसन्धान