झापाको दमकमा औद्योगिक पार्क बनाउन चिनियाँ कम्पनीसँग सम्झौता



चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ ।

लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार काठमाडौंमा सो औद्योगिक पार्क निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

कम्पनीले यस अघि नै सो पार्क निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनकोे कामलाई पनि अघि बढाईसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा भएको समझदारीमा ६४ अर्ब लगानीमा सो पार्क निर्माण कार्य सम्पन्न हुने उल्लेख गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपाल सरकारले सात वटै प्रदेश औद्योगिक पार्क निर्माण गर्ने उद्देश्य अनुसार चिनियाँ लगानीमा सो पार्क निर्माण कार्य सुरु गरिएको पनि स्पष्ट पारे ।

चिनियाँ लगानीमा निर्माण गर्न लागेको सो पार्कको नाम ‘चाईन–नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क’ राखिएको छ ।

सरकारले सात वटै प्रदेशमा ‘औद्योगिक पार्क’ र सबै स्थानीय तहमा ‘औद्योगिक ग्राम’ बनाउने गरी आवश्यक नीतिगत व्यवस्था पनि गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रमुख निर्वाचन आयुक्तका नजरमा जिमी कार्टर

  काठमाडौँ । नेपालको लोकतन्त्र र निर्वाचन प्रक्रियामा सहयोग पुर्याउँदै आएको कार्टर सेन्टरका

प्रधानमन्त्रीलाई कप्तान चेम्जोङको आग्रहः एएफसी एसिया कपको छनोट खेल नेपालमै आयोजना गर्न पहल होस्

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग

जालझेलबाहेक ओलीजीको दिमागमा अरू केही छैनः प्रचण्ड

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन अभियान कांग्रेस र

रवि पक्राउपछि नारायणहिटी दरबारमा राजालाई लगेर राख्छौँ भन्ने हल्ला चलाइयोः महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सहकारी प्रकरणमा भइरहेको अनुसन्धानका क्रममा गोर्खा