झापाको दमकमा औद्योगिक पार्क बनाउन चिनियाँ कम्पनीसँग सम्झौता



चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ ।

लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार काठमाडौंमा सो औद्योगिक पार्क निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

कम्पनीले यस अघि नै सो पार्क निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनकोे कामलाई पनि अघि बढाईसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा भएको समझदारीमा ६४ अर्ब लगानीमा सो पार्क निर्माण कार्य सम्पन्न हुने उल्लेख गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपाल सरकारले सात वटै प्रदेश औद्योगिक पार्क निर्माण गर्ने उद्देश्य अनुसार चिनियाँ लगानीमा सो पार्क निर्माण कार्य सुरु गरिएको पनि स्पष्ट पारे ।

चिनियाँ लगानीमा निर्माण गर्न लागेको सो पार्कको नाम ‘चाईन–नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क’ राखिएको छ ।

सरकारले सात वटै प्रदेशमा ‘औद्योगिक पार्क’ र सबै स्थानीय तहमा ‘औद्योगिक ग्राम’ बनाउने गरी आवश्यक नीतिगत व्यवस्था पनि गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री दाहाल ल्हासामा

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका

प्रधानमन्त्री दाहालको दलको संसदीय शक्ति बुझेको चीनले दिएन भ्रमणलाई महत्व

केशवप्रसाद भट्टराई । १. प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको मूख्य कार्यक्रम सकियो

मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा

वैवाहिक समारोहमा आगलागी हुँदा इराकमा कम्तीमा एकसय जनाको मृत्यु

बीबीसी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु