झापाको दमकमा औद्योगिक पार्क बनाउन चिनियाँ कम्पनीसँग सम्झौता



चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ ।

लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार काठमाडौंमा सो औद्योगिक पार्क निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

कम्पनीले यस अघि नै सो पार्क निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनकोे कामलाई पनि अघि बढाईसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा भएको समझदारीमा ६४ अर्ब लगानीमा सो पार्क निर्माण कार्य सम्पन्न हुने उल्लेख गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपाल सरकारले सात वटै प्रदेश औद्योगिक पार्क निर्माण गर्ने उद्देश्य अनुसार चिनियाँ लगानीमा सो पार्क निर्माण कार्य सुरु गरिएको पनि स्पष्ट पारे ।

चिनियाँ लगानीमा निर्माण गर्न लागेको सो पार्कको नाम ‘चाईन–नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क’ राखिएको छ ।

सरकारले सात वटै प्रदेशमा ‘औद्योगिक पार्क’ र सबै स्थानीय तहमा ‘औद्योगिक ग्राम’ बनाउने गरी आवश्यक नीतिगत व्यवस्था पनि गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद जसरी चल्नुपर्ने हो, जसरी जनताका समस्या रिफ्लेक्ट भएर भाइब्रेसन हुनुपर्ने हो, त्यो हुन सकेको छैनः सांसद गौतम

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सरकार सरकार जसरी नचलेको बताएका

माओवादी सांसदको प्रश्नः पछिल्लो समय झ्यापझ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले पछिल्लो समय झ्याप झ्याप

हितेन्द्रदेवको प्रशंसा गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले भने-आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक

‘सगरमाथा संवाद’का विशिष्ट पाहुनालाई हिमाल देखाउन ‘माउन्टेन फ्लाइट’

काठमाडौँ । बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ