संसद सचिवालयले भन्यो–सभामुख पद खाली भइसक्यो



काठमाडौं । संसद सचिवालयले प्रतिनिधि सभाका सभामुख पद खाली भएको सूचना टाँसेको छ । उपसभामुख शिवमाया तुम्बाहाम्फेको निर्देशनमा संसद सचिवालयले मंगलबारदेखि नै सभामुख पद खाली भएको जानकारी गराएको हो ।

‘सम्माननीय सभामुख कृष्णबहादुर महराले यही असोज १४ गते ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु’ भनी प्रतिनिधि सभाको सभामुख पदबाट राजीनामा दिनुभएकोले माननीय उपसमाभुखज्युको आदेश अनुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशन गरिएको छ’, संसद सचिवालयले बुधबार निकालेको सूचनामा भनिएको छ।

सभामुख कृष्णबहादुर महरामाथि आइतवार राति संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि उनले मंगलबार पदबाट राजीनामा दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुपन्देही-३ मा कांग्रेसले कसलाई बनाउँदैछ उम्मेदवार ?

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे

सिन्धुलीका गौरव स्याङ्तान करिव एक करोड रुपैयाँसहित ललितपुरबाट पक्राउ

काठमाडौँ । प्रहरीले ललितपुरको भनिमण्डलबाट श्रोत नखुलेको करिव एक करोड रुपैयाँसहित एक जनालाई

यातायात व्यवसायीले तत्काल सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान नगर्ने

  काठमाडौँ । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले

वीरगंजमा हैजा प्रभावितको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

वीरगंज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा आउने झाडापखाला तथा