दुबईमा मिनिबस दुर्घटनामा परी ६ नेपालीको मृत्यु



काठमाडौं । दुबईमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ६ जना नेपाली सहित आठ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

दुबई प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार सोमबार बिहान मोहम्मद बिन जायद रोडमा मिनीबस दुर्घटना हुँदा ती नेपालीको ज्यान गएको गल्फ न्यूजले उल्लेख गरेको छ ।

तर मृतक नेपालीहरूको पहिचान खुलिसकेको छैन । दुर्घटनाका क्रममा ट्रकसँग ठोक्किएको मिनीबस पुरै क्षतिग्रस्त भएको छ। मृतक र घाइतेहरूलाई उद्धार गरेर स्थानीय रसिद अस्पताल लगिएको थियो ।

दुर्घटनामा परेको मिनीबसले १३ जना यात्रु बोकेको थियो । घाइतेहरूको रशिद अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ । अन्य मृतकमा पाकिस्तानी र भारतीय नागरिक रहेका छन्। घाइते हुनेहरूमा एकजना बंगालदेशी र ५ जना भारतीय नागरिक रहेका छन् । दुर्घटनामा मिनीबस चालकको पनि ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल, सुरक्षा जाँच लगायतका सार्वजनिक ठाउँलाई निसंक्रमण गर्दै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ,

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी ओली शर्मा राष्ट्रपति भेट्न शीतल निवास गएका छन् ।

महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठूलो धोका ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी

सिटि भ्यालु के हो ? यो घटी वा बढी हुँदा के हुन्छ ?

 – डा. रवीन्द्र पाण्डे । दोस्रो लहरको उछालसंगै नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको