दुबईमा मिनिबस दुर्घटनामा परी ६ नेपालीको मृत्यु



काठमाडौं । दुबईमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ६ जना नेपाली सहित आठ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

दुबई प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार सोमबार बिहान मोहम्मद बिन जायद रोडमा मिनीबस दुर्घटना हुँदा ती नेपालीको ज्यान गएको गल्फ न्यूजले उल्लेख गरेको छ ।

तर मृतक नेपालीहरूको पहिचान खुलिसकेको छैन । दुर्घटनाका क्रममा ट्रकसँग ठोक्किएको मिनीबस पुरै क्षतिग्रस्त भएको छ। मृतक र घाइतेहरूलाई उद्धार गरेर स्थानीय रसिद अस्पताल लगिएको थियो ।

दुर्घटनामा परेको मिनीबसले १३ जना यात्रु बोकेको थियो । घाइतेहरूको रशिद अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ । अन्य मृतकमा पाकिस्तानी र भारतीय नागरिक रहेका छन्। घाइते हुनेहरूमा एकजना बंगालदेशी र ५ जना भारतीय नागरिक रहेका छन् । दुर्घटनामा मिनीबस चालकको पनि ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नवनियुक्त गभर्नरले गर्नुपर्ने काम

-सुगतरत्न कंशाकार । म एक इन्जिनियर/व्यवस्थापक भएपनि मैले नजानेको कुरामा जान्ने भएर नयाँ

वैदिक गन्तव्य

-डा. गोविन्दरण उपाध्याय । हामीले (नेपाली तथा भारतीय) जति कुरा पश्चिमकाबारेमा जानेका छौँ

लेखासहित आज चार संसदीय समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद्

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

गलकोट । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित