सडकमा बेसहारा रहने अवस्था चाँडै मुक्त गर्छौंः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गर्दै यस अभियानले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताएका छन् ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको घोषणा समारोहमा प्रधानमन्त्री ओलीले घोषणामा अन्तरनिहित विविध पक्षलाई सवलीकृत गर्दै अनवरतरुपमा जनजागरण र जनचेतना फैलाउन आवश्यक भएकामा जोड दिँदै नेपाललाई अल्पविकसितबाट माथि उठाउने, गरिबीको रेखाबाट माथि पुग्ने, निरक्षता उन्मूलन गर्ने जस्ता कामका लागि सरकार सजगताका साथ योजनाबद्ध कार्यक्रमका साथ अगाडि बढेको जानकारी दिए ।

उनले भने, “हाम्रो विकास हामीले गर्नुपर्छ । सचेत प्रयास हामीले अगाडी बढाउनुपर्छ । कुनै पनि देशलाई अर्काले आएर बनाइदिएर हुँदैन । आफैले बनाउनुपर्छ । यो घोषणाले नेपाल स्पष्टतः एक कदम अगाडि बढेको छ । नयाँ नेपाल यसैगरी बन्ने हो ।”

उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा प्राप्त गर्न नेपाल हरेक दिन एक कदम अगाडिको अभियान थालेको उल्लेख गर्दै सामाजिक र स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि नयाँ उचाईमा पुगिएको बताए । यस घोषणाबाट मानिस निरोगी हुने, स्वास्थ्य उपचारमा हुने खर्च घट्ने, संक्रामण रोग कम हुने, मृत्युदर कम हुने र सरदर आयु वृद्धि हुने प्रधानमन्त्रीले बताए ।

“हामी जनताप्रति उत्तरदायी हुन्छौँ । जनतालाई अमानवीय अवस्थामा हुने नदिने संकल्प छ । सडकमा बेसहारा रहने अवस्था चाँडै मुक्त गर्छौं । अब समग्र सफाइ, स्वच्छ नेपाल बनाउनुपर्छ । प्राकृतिक हिषाबले नेपाल चिटिक्क छ ।” उनले भने, “सिगैँ नेपाललाई चिकिक्क बनाउने । बाटा, खेत, डाँडापाखा सबै हेरिरहुँ जस्तो बनाउने दिशामा अगाडि बढेका छौँ ।”

प्रधानमन्त्री ओलीले नेपालका ७५३ स्थानीय तह, ७७ जिल्लाहरुले गरेको खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपालललाई खुला दिसामुक्त घोषणा गरेका थिए ।

साथै उनले सन् २०३० सम्म दीगो विकासको लक्ष्य पूरा गर्ने संकल्पन पनि गरे ।  घोषणापछि कार्यक्रम स्थल राष्ट्रिय सभागृहमा सहभागीले राष्ट्रिय झण्ड फहराउँदै तालीको घडगडाहटले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक किलो सातसय ग्राम सुनसहित सात जनालाई पक्राउ गरेको

इलाममा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा

इलाम । शनिबार हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने