डेंगु नियन्त्रणमा लाग्नु नि सडकमा कुर्लिनु भन्दा



भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका सडकमा रहेको अनाथ, असहाय, मनोरोगी मानवको उद्धारसहित व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

भक्तपुरको कौशल्टारमा आयोजना गरिएको मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटन एवं गृह प्रवेश कार्यक्रममा प्रधानमन्त्रीले सबै स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सडक मानव, सडक बालबालिको उचित व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।

देशको भोलिका कर्णधारका रुपमा रहेका बालबालिका सडक आए, देश पनि सडकमा आउने उनको भनाइ थियो । प्रधानमन्त्रीले अनाथ, बेसाहारा, असहाय कोही पनि सडकमा रहन नपरोस् भनेर अहिलेको सरकारले घोषणा गरेको बताए ।

प्रधानमन्त्रीले भने, “सडकलाई अनाथ, असहाय मानवमुक्त बनाउने उद्देश्यले सञ्चालन भएको अभियानमा एक करोड प्रदान गर्छु, यो रकमबाट अक्षयकोष निर्माण गर्नुस् ।” कुनै विदेशी आइएनजिओ र स्वदेशी एनजिओको सहयोगबिना नै तलब भत्ता नलिइ स्वयंसेवाको भावनाले शून्यबाट शुरु गरेको कामलाई सहयोग गर्न आवश्यक भएको उनको भनाइ थियो ।

सामाजिक सञ्जालमा बिनाकारण सरकारको आलोचना गर्नेप्रति टिप्पणी गर्दै उनले सामाजिक सञ्जाल, फेसबुकबाट अनावश्यक विषयमा कुर्लिएर अश्लिलता देखाउनुको सट्टा यस्तो मानवीय सेवामा समय दिन आग्रह गरे ।

प्रधानमन्त्रीले भने, “समस्या नै नभए पनि नकारात्मक सोचाइ राखेर अनावश्यक विषयमा सडकमा दिनैपिच्छे हल्ला गर्ने, जुलुस गर्नुभन्दा सडकबाट असहायलाई उद्धार गरेर देश निर्माणको काममा लगाउनु आवश्यक छ ।” देशमा डेङ्गु नियन्त्रण गर्न सबै लाग्नुपर्नेमा जुलुस लिएर सडकमा ओर्लिन्छन् भन्दै उनले भने, “सरकारको ध्यान विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रणमा गएको छ, धमाधम भ्रष्टाचारी समातिएका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेश प्रदेशमा थपिए तीन मन्त्री र एक राज्यमन्त्री

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीवार मन्त्रिपरिषद विस्तार गरेका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीद्वारा दाबी पेस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

  काठमाडौँ ।  दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा

प्रशासनद्वारा मोरङमा सभा, सम्मेलन र भेला गर्न रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा राजनीति सभा, सम्मेलन तथा भोलामा गर्न