क्यानडा पुगेर पर्यटनमन्त्रीले भने -नेपालका एयरलायन्स घाटामा जाँदा विदेश घुम्दा पनि मन शान्त भएन



टोरोन्टो । साताव्यापी क्यानडाको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल घुम्न जान स्वदेशी तथा विदेशी सबैलाई चुल्हो निम्तो दिएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न नेपाली दूतावास तथा नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा मन्त्री भट्टराईले स्वदेशी तथा विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न निम्तो दिएका हुन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्यन संघ, आइकाओको माहासभामा सहभागी हुन क्यानडाको मोन्ट्रियल आएका भट्टराईले शुक्रबार एनआरएनए क्यानडाले गरेको कार्यक्रममा टोरोन्टोका सांसद तथा अन्य विदेशी नागरिकहरुलाई सर्वोच्च शिखर सगरमाथा र भगवान गौतमबुद्धको जन्मस्थल रहेको नेपाल एकपटक घुम्न आग्रह गरे ।

अब जो कोही छुट्टी मनाउन अन्य देश जानु भन्दा नेपाल नै गएर प्राकृतिक आनन्द लिन आव्हान गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न क्यानडाबासी नेपाली समुदाय जुटेर लाग्नु पर्नेमा जोड दिए ।

वाइडबडी लगायत केही नयाँ एयरलायन्सहरु अहिले घाटामा गइरहेको अवस्थामा आफू विदेश घुम्दा पनि मन शान्त नभएको उनको कथन थियो । उनले भने, ‘यसका लागि नेपाल सरकारले समाधानको उपाय निकाल्न लागि परिरहेको छ ।’

साथै उनले प्रवासमा रहेका नेपालीहरुको नागरिकता विषयमा सरकारले आवश्यक गृहकार्य गरिरहेकोले अब छोरा नातीसम्मले पनि नेपाली नागरिकता पाउन सक्ने व्यवस्था गरिने बताए । यस विषयमा केही कमिकमजोरि रहेछन् भने पनि विधेयक परिमार्जन गर्न सकिने उनको स्पष्टोक्ति थियो ।

टोरोन्टोको नेपाली रेष्टुरेन्ट वन्क्वेट हलमा आयोजना गरिएको कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० मार्फत नेपाल क्यानडाका पर्यटक विच सुमधुर सम्बन्ध स्थापना गराउन आफू लागि परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आगामी आर्थिक वर्षदेखि

अख्तियारद्वारा सुनील पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, पाँच करोड भन्दाबढी विगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक

गृहमन्त्रीको आग्रहः चैत्र १५ को घटनालाई कुनै पनि धर्म वा आस्थासँग जोडेर नहेरौं

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनालाई कुनै

प्रधानमन्त्रीलाई युरोपियन युनियनका राजदूूतहरूको आग्रहः सङ्क्रमणकालीन न्यायको विषय टुंग्याउँदा पीडितका मुद्दालाई केन्द्रमा राखियोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ