जामसमेत खुलाउन नसक्ने सरकारबाट अरु केही आशा गर्न सकिन्नः प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नौबिसे(नागढुंगाको सवारी जाम पनि खुलाउन नसकेको भनेर सरकारको आलोचना गरेका छन् । जाममा परेर विरामीको मृत्यु हुँदासम्म पनि दुई तिहाइ बहुमतको सरकारले सहजरुपमा यात्रा गर्ने वातावरण बनाउन नसकेको भन्दै नेता सिंहले आलोचना गरे ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शनिबार बिहान आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेता सिंहले जनजीवन अस्तव्यस्त हुँदा पनि सरकार चूप लागेको बताए ।

उनले भने, ‘बजार भाउ अनियन्त्रित छ, जनजीवन अस्तब्यस्त छ, यस्तो अवस्थामा सरकारको कुनै उपस्थिति नदेखिनु दुःखद छ ।’

‘यो सरकारले सडकको जामसमेत खोल्न सकेको छैन । जनताको न्युनतम चाहना पनि पूरा गर्न सकेन, हरेक ठाउँमा असफल भएको छ,’ उनले भने । जाममा घण्टौंसम्म बस्दा बिरामीको मृत्यु हुँदासमेत बाटो खुलाउन सरकारले ध्यान नदिनु लाजमर्दो भएको उनले बताए ।

सहज रुपमा यात्रा गर्ने वातावरण समेत बनाउन नसक्ने सरकारबाट जनताले विकास र समृद्धिको अपेक्षा गर्नु बेकार हुने उनले बताए । ‘जामसमेत खुलाउन नसक्ने सरकारबाट अरु केही आशा गर्न सकिन्न,’ उनले भने ।

चाडबाडको समय नागरिकलाई सहज वातावरण बनादिनुको सट्टा चिनियाँ राष्ट्रपति सी जिनफिङ बिचारको पछि लागेको भनेर उनले सरकारको आलोचना गरे । चिनियाँ मोडलको व्यवस्था नेपालमा भित्राउन खोजेमा दुर्भाग्य हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरशः पालना र अधुरा योजना पूरा गर्छुः महानिरीक्षक कुँवर

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा

रास्वपाले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा

गण्डकी प्रदेश सरकारबाट माओवादी मन्त्रीले दिए राजीनामा

गण्डकी । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा (माओवादी

१० दलीय गठबन्धनका पक्षमा नभई जनता एमालेकै पक्षमा छन्ः अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले