जामसमेत खुलाउन नसक्ने सरकारबाट अरु केही आशा गर्न सकिन्नः प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नौबिसे(नागढुंगाको सवारी जाम पनि खुलाउन नसकेको भनेर सरकारको आलोचना गरेका छन् । जाममा परेर विरामीको मृत्यु हुँदासम्म पनि दुई तिहाइ बहुमतको सरकारले सहजरुपमा यात्रा गर्ने वातावरण बनाउन नसकेको भन्दै नेता सिंहले आलोचना गरे ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शनिबार बिहान आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेता सिंहले जनजीवन अस्तव्यस्त हुँदा पनि सरकार चूप लागेको बताए ।

उनले भने, ‘बजार भाउ अनियन्त्रित छ, जनजीवन अस्तब्यस्त छ, यस्तो अवस्थामा सरकारको कुनै उपस्थिति नदेखिनु दुःखद छ ।’

‘यो सरकारले सडकको जामसमेत खोल्न सकेको छैन । जनताको न्युनतम चाहना पनि पूरा गर्न सकेन, हरेक ठाउँमा असफल भएको छ,’ उनले भने । जाममा घण्टौंसम्म बस्दा बिरामीको मृत्यु हुँदासमेत बाटो खुलाउन सरकारले ध्यान नदिनु लाजमर्दो भएको उनले बताए ।

सहज रुपमा यात्रा गर्ने वातावरण समेत बनाउन नसक्ने सरकारबाट जनताले विकास र समृद्धिको अपेक्षा गर्नु बेकार हुने उनले बताए । ‘जामसमेत खुलाउन नसक्ने सरकारबाट अरु केही आशा गर्न सकिन्न,’ उनले भने ।

चाडबाडको समय नागरिकलाई सहज वातावरण बनादिनुको सट्टा चिनियाँ राष्ट्रपति सी जिनफिङ बिचारको पछि लागेको भनेर उनले सरकारको आलोचना गरे । चिनियाँ मोडलको व्यवस्था नेपालमा भित्राउन खोजेमा दुर्भाग्य हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगनको प्रश्नः निर्मल निवासमा बसेर उत्पात मच्याउने पूर्वराजा नारायणहिटी दरबारमा बसे भने के होला ?

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले नेपालको राजालाई कुनै हालतमा संवैधानिक बनाउन

शैक्षिक परामर्श दिने कम्पनीलाई ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवद्र्धन गर्नुपर्छः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शैक्षिक परामर्श सेवा दिने कम्पनी

नेपाल बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला निर्वाचित

काठमाडौँ । नेपाल बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र भारी मतकासाथ विजयी

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष