कुलमानसमेत प्रभावित भएको पोखराका भोला सुवेदीको यो अभियान



शिवशंकर चौधरी
सुन्दर पर्यटकीय नगरी पोखराका सडकहरुमा अनावश्यक बत्ति बलेको देख्नासाथ एक युवक हत्त न पत्त निभाउन तम्सन्छन् ।

उनलाई कसैले खटाएर यो काम गरिहेका भने होइनन् । उनको काम पनि होइन यो । तर समाज र देशका लागि केही गर्नुपर्छ भन्ने हुटहुटीले उनी यो स्वेच्छिक समाजसेवी कर्ममा जुटेकै छन् अचेल ।

भोलाको जीवन सिद्धान्त पनि गज्जबको छ । उनी भन्छन्, बाबुआमा नै भगवान हुन्, यो पृथ्वी नै स्वर्ग हो । सडक बत्ती समयैमा बालौं, समयमा निभाऔं अभियान पोखरा । २०७३ सालदेखि भोला सडक बत्तिको अनावश्यक प्रयोगका विरुद्ध अभियान नै लिएर सडकमा निस्किए ।

आफ्नो फेसबुकमा लेखेको यही नारा अनुसार आफ्नो व्यस्त दैनिकी वीच दिनको चारघण्टा सडकमा बालिएका बत्ती समयमा नै निभाए ननिभाएको निरीक्षण गर्छन् भोला सुवेदी ।

Video Player

00:00
00:39

अनि आफैं अग्रसर भएर दिउँसो सडक वा सार्वजनिक स्थानमा जताभावी बलिरहेका बत्ती आफैं निभाउँदै हिड्छन् । सुवेदीका विचारमा विद्युत चुहावट रोक्ने हो भने जताभावी अनावश्यक विद्युत खेर फाल्नु पनि हुँदैन ।

उनी न त विद्युतका कर्मचारी हुन्, न त कुनै सरकारी कर्मचारी । बरु स्वेच्छाले अनावश्यक विद्युत दुरुपयोग रोक्न स्वतस्फूर्त जागेका एक जागरुक युवा हुन् । आफूले विद्युत चुहावट विरुद्ध दिनको ४ घण्टा समय दिँदा पनि सेवाशुल्क पनि तिर्ने गरेको बताए ।

देश छ पो हामी छौं भन्दै सुवेदीले देशका लागि आफूले जति सकिन्छ, त्यति नै आआफ्नो ठाउँबाट सकेको योगदान गर्नुपर्नेमा जोड दिए ।

उनी नेपाललाई लोडसेडिङमुक्त पार्ने नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङबाट निकै प्रभावित भएर यो कर्ममा लागेका हुन् । उनी विद्युत उत्पादन गर्नु जत्तिकै फारु गरेर चलाउनु वा खेर नफाल्नु पनि महत्वपूर्ण भएको बताउँछन् ।

हरेक मान्छेको सिकाई र भोगाईका फरक फरक पृष्ठभूमि हुन्छन् । सन् २००७ देखि २०१२ सम्म भोला वैदेशिक रोजगारीका लागि इजरायलमा थिए । त्यहाँ उनले काम गर्ने दाम कमाउने मात्रै गरेनन् ।

आफ्नो देश र परिवेशको महत्व पनि बुझे । उनी जब देश फर्किए तब देशका लागि आफूले जे सकिन्छ, त्यही गर्ने तम्सिए । र, सुरु गरे जताभावी सडक बत्ती बाल्न नदिने, विद्युत चोरी रोक्ने र विद्युतको सही उपयोग गर्ने, गराउने अभियानमा ।

अहिले त उनको अभियानले लामै फड्को मारेको छ । स्थानीय पनि उनको कर्मलाई साथ दिन्छन् । प्रचाररात्मक वा प्रतिकात्मक मात्रै होईन, आफैं व्ययवहारमा उत्रेर काम गरेपछि स्थानीयले पनि उनलाई पत्याएका छन् ।

उनको कामलाई साथ पनि दिएका छन् । उनले नगरपालिकालाई ज्ञापन दिने र सचेतना फैलाउने अन्य काम पनि बराबर गरिरहेका छन् ।

कामना गरौं भोलाको जस्तै सत्कर्म गर्न समाजका अरु क्षेत्रका युवा जनलाई पनि प्रेरणा र उत्साह थपियोस् । भोलाको यो असल कर्मले विद्युत चुहावट रोक्नमा सधैं होस्टेमा हैंसे गरिरहोस् । साधुवाद भोला सुवेदीको असल कर्मलाई ।

Video Player

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन