आइतबारदेखि दश चक्के सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक


काठमाडौं । यातायात व्यवस्था विभागले आइतबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ ।

असोज १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दाका माथिका सवारीको आगमनमा रोक लगाइएको हो । त्यस्ता सवारीसाधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ ।

अति आवश्यक खाद्यान्न सामाग्री, कपडा, औषधि, तरकारी लगायतका सामाग्रीहरु बोकेका सवारीलाई भने भित्रिन पाउने छन् ।

विभागले दसैमा काठमाडौ बाहिर जाने र आउने यात्रुलाई सहज गराउन भन्दै यस्तो निर्णय भएको जनाएको छ ।