त्रिभुवन राजपथमा सवारी जामका कारण बिरामीको बाटोमै मृत्यु



धादिङ । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्याएपछि भएको जामका कारण शुक्रबार एक बिरामीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् । रौतहटबाट काठमाडाँै आउँदै गरेको ना७ख ५३६४ नम्बरको बसमा मिर्गाैला रोगी शाहलाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो ।

उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र मृत्यु भएको महादेवबँेसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए ।

दुवै मिर्गाैलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडाँै ल्याइँदै थियो । लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको मृत्यु भएको बताइएको छ ।

सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा जाम लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै एक करोड भन्दाबढी ठगी गरेको आरोपमा युवती पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला

फुटपाथ व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानगरबाट गरिब नभई गरिबी हटानुपर्ने

कुटपिटको विरोधमा सडकमा निस्किए चिकित्सक(फोटोफिचर)

काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार

इन्द्रजात्राको लिङ्गो ठड्याइयो (फाेटाेफिचर)

काठमाडौं । इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको