द्वन्द्वपीडितलाई जतिसक्दो चाँडो न्याय दिलाउँछौँः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतासँग जोडिएका बेपत्ता पारिएको व्यक्तिहरुको सम्बन्धमा जतिसक्दो चाँडो टुङ्गोमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय मानवअधिकार अधिकार आयोगद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘सङ्क्रमणकालीन न्यायको विकास अन्तरसंवाद’ मा अध्यक्ष प्रचण्डले बेपत्ता पारिएका व्यक्तिका परिवारको न्यायका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न बनेको आयोगलाई पूर्णता दिनेबारेमा दलहरुबीच छलफल भइरहेको जानकारी दिए ।

अध्यक्ष प्रचण्डले भने, “यो प्रक्रियालाई टुङ्ग्याउनु नै राष्ट्रको हितमा छ, राजनीतिक दलको पनि हितमा छ । जनता र पीडितको हितमा छ भन्ने बुझाइ गुणात्मक रुपमा गहिरो भएको छ । यो एउटा हामी सबैका लागि यो अवसरलाई हामीले गुम्न दिनु हुँदैन । त्यसैले अहिले ऐन संशोधन र आयोगलाई पूर्णता गर्ने विषय समानान्तर रुपमा अगाडि बढिरहेको छ ।”

सङ्क्रमणकालीन न्यायका विषय टुङ्ग्याउन ढिला भएको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्व र दलहरुकै कारण यो अहिलेसम्म लम्बिएको स्वीकार गरे । अध्यक्ष दाहालले राजनीतिक दलका नेताहरुले एकअर्कालाई दोषी देखाउनुको सट्टा एकापसमा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले गम्भीरतापूर्वक समाधान गर्नुपर्ने बताए ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बेपत्ता सम्वन्धी आयोगमा साझा व्यक्तिलाई नियुक्त गर्नुपर्नेमा जोड दिए । काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले द्वन्द्वका क्रममा भएका घटनाको दीर्घकालीन समाधान गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयोजना बैंकमा यसवर्ष ९७ अर्बभन्दा बढी लागतका एक सय १७ आयोजना समावेश

काठमाडौं । राष्ट्रिय आयोजना बैंक (प्रोजेक्ट बैंक) मा यसवर्ष ९७ अर्बभन्दा बढी लागतका

पूर्वमन्त्री आलम कारागारबाट रिहा

काठमाडौं । उच्च अदालतबाट सफाइ पाएसँगै पूर्वमन्त्री अफताब आलम जेलमुक्त भएका छन् ।

भिजिट भिसा प्रकरणमा तथ्य र प्रमाणको आधारमा जोकोही अनुसन्धानको दायरामा पर्नसक्छः महामन्त्री थापा

धरान (सुनसरी) ।  कांग्रेस महामन्त्री गगन थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति नेपाली कांग्रेस

कांग्रेस पूर्वसांसद आलमले उच्च अदालतबाट पाए सफाई

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले उच्च अदालतबाट सफाइ पाएका छन् ।