द्वन्द्वपीडितलाई जतिसक्दो चाँडो न्याय दिलाउँछौँः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतासँग जोडिएका बेपत्ता पारिएको व्यक्तिहरुको सम्बन्धमा जतिसक्दो चाँडो टुङ्गोमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय मानवअधिकार अधिकार आयोगद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘सङ्क्रमणकालीन न्यायको विकास अन्तरसंवाद’ मा अध्यक्ष प्रचण्डले बेपत्ता पारिएका व्यक्तिका परिवारको न्यायका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न बनेको आयोगलाई पूर्णता दिनेबारेमा दलहरुबीच छलफल भइरहेको जानकारी दिए ।

अध्यक्ष प्रचण्डले भने, “यो प्रक्रियालाई टुङ्ग्याउनु नै राष्ट्रको हितमा छ, राजनीतिक दलको पनि हितमा छ । जनता र पीडितको हितमा छ भन्ने बुझाइ गुणात्मक रुपमा गहिरो भएको छ । यो एउटा हामी सबैका लागि यो अवसरलाई हामीले गुम्न दिनु हुँदैन । त्यसैले अहिले ऐन संशोधन र आयोगलाई पूर्णता गर्ने विषय समानान्तर रुपमा अगाडि बढिरहेको छ ।”

सङ्क्रमणकालीन न्यायका विषय टुङ्ग्याउन ढिला भएको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्व र दलहरुकै कारण यो अहिलेसम्म लम्बिएको स्वीकार गरे । अध्यक्ष दाहालले राजनीतिक दलका नेताहरुले एकअर्कालाई दोषी देखाउनुको सट्टा एकापसमा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले गम्भीरतापूर्वक समाधान गर्नुपर्ने बताए ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बेपत्ता सम्वन्धी आयोगमा साझा व्यक्तिलाई नियुक्त गर्नुपर्नेमा जोड दिए । काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले द्वन्द्वका क्रममा भएका घटनाको दीर्घकालीन समाधान गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाहको

‘ओलीको वरिपरि फेरि नेपाली कांग्रेसको एउटा खेमा घुमिरहेको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी शर्मा ओलीको

‘नेपाली कम्युनिष्ट पार्टी’ को मार्ग निर्देशित सिद्धान्त माक्सवाद र लेनिनवाद हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको

रेडियो चोरेको अभियोगमा स्याङ्जाका ७० वर्षीय वृद्ध ४७ वर्षपछि पुगे जेल

काठमाडौं । रेडियो चोरीको अभियोगमा स्याङ्जाका ४७ वर्षपछि ७० वर्षीय एक वृद्ध अहिले