निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न सरकारलाई अनेरास्ववियूको आग्रह



काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न आग्रह गरेको छ ।

निजी मेडिकल कलेज सञ्चालकहरुले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि अनेरास्ववियूले सरकारलाई यस्तो आहृवान गरेको हो ।

बिहीबार अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राज्यको नीति नियममा बसेर साँच्चिकै कलेज चलाउन नसक्ने हो भने राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधान समेतलाई दृष्टिगत गर्दै त्यस्ता कलेजहरुको जिम्मा लिएर आफैं सञ्चालन गर्न वा राज्यको नीति नियम मान्ने अन्य निकायलाई सञ्चालन गर्ने जिम्मा दिन नेपाल सरकारलाई आहृवान गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र राजनीतिक दलका नेता बालुवाटारमा छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका नेताहरू छलफलमा जुटेका छन् ।

भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन प्रधानमन्त्रीलाई जेनज आन्दोलनका घाइतेको सुझाव

काठमाडौँ । जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका हुन् । मंगलबार

‘सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रही तरिकाले लाञ्छना लगाउने काममा लाग्यो’

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता नतिर्ने ६ कम्पनीको लाइन काटियो, बक्यौता नबुझाउने उद्योगीको अडान

काठमाडौँ । डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महशुल बक्यौता नतिर्ने छ