फोटोमा हेर्नुस् चीनले ११ अर्ब डलर खर्चेर निर्माण गरेको डाक्सिङ विमानस्थल
चीनले ११ अर्ब डलर खर्च गरी निर्माण गरेको डाक्सिङ विमानस्थल बुधबारदेखि सञ्चालनमा आएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका छन् ।
यसअघि यो विमानस्थल चीनमा साम्यवादी शासन व्यवस्था लागू भएको ७० वर्ष पुगेको उपलक्ष्यमा अक्टोबर १ मा उद्घाटन गर्ने बताइएको थियो । विमानस्थलबाट पहिलो उडान चाइना साउदर्न एयरलाइन्सले गरेको छ ।
एयरलाइन्सको ए३८० जहाज डाक्सिङबाट ग्वाङजाउका लागि उडेको थियो । चीनले ४७ वर्ग किलोमिटरमा फैलिएको उक्त विमानस्थल पाँच वर्षमा बनाइसकेको हो ।
अहिले डाक्सिङ विमानस्थलमा प्रतिघन्टा तीन सय जहाजले उडान र अवतरण गर्न सक्छन् ।