भूकम्पबाट पाकिस्तानमा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, तीन सय भन्दा बढी घाइते



५.८ म्याग्नीच्यूडको भूकम्पले पूर्वी पाकिस्तानमा धक्का दिँदा कम्तीमा १९ जनाको ज्यान गएको र तीन सय भन्दा बढी मानिस घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

पाकिस्तान प्रशासित कश्मीरको मिरपुर सहर नजिकै भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ।

सामाजिक मिडियामा राखिएका तस्बिरहरूमा मुख्य सडकमा ठूलो क्षति पुगेको र घरहरूमा आंशिक क्षति पुगेको देखिन्छ।

क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन। उक्त क्षेत्रमा सन् २००५ मा भूकम्प जाँदा हजारौं मानिसको ज्यान गएको थियो।

अमेरिकी भूगर्भसम्बन्धी निकाय यूएसजीएस र पाकिस्तानको भूगर्भ विभागले उक्त भूकम्पको मापन ५.८ म्याग्निच्युडको गरेका छन्। जसको धक्का नयाँदिल्लीसम्म महसुस गरिएको थियो।

पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा मङ्गलवार साँझ भूकम्पका धक्काहरू महसुस गरिएका छन्।

जसको केन्द्रविन्दु पञ्जाब प्रान्तको झेलम शहरभन्दा पाँच किलोमिटर पर थियो। भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ।

पाकिस्तानका सेना प्रमुखले प्रभावित क्षेत्रमा तत्काल उद्धारकार्य सुरू गर्न निर्देशन दिएको सेनाका प्रवक्ताले ट्विटमार्फत् बताएका छन्।

बीबीसी उर्दूका अनुसार धक्का महसुस गरिएको एउटा क्षेत्र मिरपुरका प्रहरी अधिकारीले त्यहाँ चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मिरपुर पाकिस्तान प्रशासित कश्मीरमा पर्छ।

हताहत हुनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताइएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र राजनीतिक दलका नेता बालुवाटारमा छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका नेताहरू छलफलमा जुटेका छन् ।

सनाए तकाइची जापानको प्रथम महिला प्रधानमन्त्री निर्वाचित

बीबीसी । जापानको संसदमा भएको मतदानमा विजयी हुँदै सनाए तकाइची देशकी प्रथम महिला

भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन प्रधानमन्त्रीलाई जेनज आन्दोलनका घाइतेको सुझाव

काठमाडौँ । जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका हुन् । मंगलबार

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत । इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण