तोकिए नेकपाका ६ वटै महानगरमा अध्यक्ष र सचिव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले ६ वटै महानगरमा अध्यक्ष र सचिव चयन गरेको छ । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले ६ वटै महानगरको अध्यक्ष र सचिव चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा निर्मल श्रेष्ठ चयन भएका छन् । ललितपुरको अध्यक्षमा मञ्जरी कायश्थ र सचिव ज्ञानेन्द्र शाक्य चयन भएका छन् ।

पोखरा महानगरपालिकाको अध्यक्षमा दिपक पौडेल र सचिव विश्वप्रकाश लामिछाने चयन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवन ईश्वर सापकोटा, वीरगन्जको अध्यक्षमा रहबर अन्सारी र सचिवमा विश्वम्भर शर्मा तथा विराटनगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर काठमाडौंमा

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने

यस्ता छन् नेपाल र कतारबीच यसअघि भएका महत्वपूर्ण द्विपक्षीय सम्झौता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडान सम्झौताका लागि पहल गर्न व्यवसायीको आग्रह

  भैरहवा  । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)