५० शय्याको बेनी अस्पताल भवन निर्माणको अन्तिम चरणमा



म्याग्दी । म्याग्दीको बेनीस्थित प्रदेश अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

एक १८ करोड ८४ लाख आठ हजार ८९ को लागतमा निर्माणाधीन भवनको ९५ प्रतिशत काम सम्पन्न भएको छ ।

भवनको रङरोगनको काम पनि अन्तिम चरणमा पुगेको छ । भवनदेखि बाहिर पाँचसय मिटर रिङरोड कालोपत्र काम मात्र बाँकी छ ।

चार हजार नौ सय ६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले तीन वटा भवनको भित्री भागमा झ्यालढोका र टायल राख्ने काम धमाधम भइरहेको छ ।

विसं २०७२ मा सरकारले बेनी अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न गुणस्तर

खोटाङको जन्तेढुङ्गा पूर्ण खोप सुनिश्चितता गाउँपालिका

खोटाङ । खोटाङको  जन्तेढुङ्गा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको

म्याग्दीको अन्नपूर्णमा पाँच करोड खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१, दोबामा  पाँच करोड बढी खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल

जलेश्वर अस्पतालमा औषधि अभाव, उपचारमा समस्या

जलेश्वर  । जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ ।