चार अस्पताललाई ३६ ‘हेमोडाइलासिस मेसिन’ प्रदान



काभ्रे । जर्मनीका रोटरी भोलेन्टियर डा ईभी तथा रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोगमा धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल, बाँकेको कोहलपुरस्थित कौशल्या मेमोरियल अस्पताल र नवलपरासीको बर्दघाटस्थित सहिद स्मृति अस्पताललाई ३६ वटा हेमोडायलाइसिस मेसिन प्रदान गरिएको छ ।

आइताबार धुलिखेलमा एक कार्यक्रमबीच धुलिखेल, शिर मेमोरियल र कोशल्या मेमोरियललाई १०/१० थान तथा सहिद स्मृति अस्पताललाई छ थान मेसिन हस्तान्तरण गरिएको हो । रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष ज्योत्सना सैँजुका अनुसार ती मेसिन कूल ५ करोड बढी मूल्यका हुन् ।

यसैबीच सोही कार्यक्रममा स्थानीय तह तथा संस्थाको साझेदारीमार्फत ब्लड बैंक तथा रिसर्च सेन्टर र विद्युतीय शवदाह गृह निर्माणका लागि सम्झौता गरिएको छ ।

धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलको त्रिपक्षीय साझेदारीमा ब्लड बैंक तथा रिसर्च सेन्टर स्थापनाका साथै धुलिखेल नगर र रोटरी क्लब अफ धुलिखेलको साझेदारीमा विद्युतीय शवदाह गृह निर्माण गर्न आजै सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

यी संरचना निर्माणार्थ कुन मोडलमा जाने भन्ने विषयमा अबका बैठकले तय गर्ने धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी मेडिकल कलेजका चिकित्सकले स्वास्थ्यमन्त्रीलाई बुझाए ज्ञापनपत्र

पाल्पा । लुम्बिनी मेडिकल कलेज पाल्पामा अध्ययनरत आवासीय (रेसिडेन्ट) चिकित्सकले स्वास्थ्य तथा जनसंख्यामन्त्री

किन बढ्दै छ, वायु प्रदूषण ?

प्रगति ढकाल, काठमाडौं । वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो

वैज्ञानिकहरुले बनाए चामलको दानाभन्दा पनि सानो पेसमेकर

पेरिस । वैज्ञानिकहरूले विश्वको सबैभन्दा सानो पेसमेकर विकास गरेको बताएका छन् । वैज्ञानिकहरूका

नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी

काठमाडौँ । आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति सङ्घ र