‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकबाट नेत्र उपाचार सेवा विस्तारमा सहयोग पुग्ने’



काठमाडौँ । सांसदहरुले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को स्वागत गरेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै सांसदहरुले विधेयकले नेत्र उपाचार सेवा विस्तारमा सहयोग पुग्ने भन्दै त्यसको स्वागत गरेका हुन् ।

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि छलफल गर्दै राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की आछामीले विधेयकले आगामी दिनमा आँखा उपचारको क्षेत्रमा राम्रो उपाचार हुने बताए ।

यसैगरी सांसद मायाप्रसाद शर्माले यो विधेयक समयसान्दर्भिक रहेको बताए । “यो सरोकारवालासँग छलफल गरेर आएको छ । आर्थिक रुपमा पनि आर्थिकभार व्यहोर्नुपर्ने छैन । यो विधेयक उचित छ,” उनले भने ।

सांसद सुरेशकुमार आलेमगरले आँखाको स्वास्थ्यको विषयमा विश्वविद्यालय स्थापना हुनु स्वागतयोग्य रहेको बताए ।

सांसद पदमबहादुर परियारले गहिरोसँग छलफल गरेर आएको विधेयकले आँखाको स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुग्ने बताए । “आँखा उपचारको सेवा विस्तार गर्दै सरल, सहज र पहुँचयोग्य उपचार सेवा पाउने भएकाले विधेयक राम्रो छ । तर केही समय विश्वविद्यालयलाई स्वतन्त्र रुपमा काम गर्न छाड्नुपर्छ,” उनले भने ।

सांसद विष्णुकुमारी सापकोटाले विधेयकमा देशभरका नेत्रज्योति सङ्घलाई पनि समेट्न्पर्ने तथा यसबाट दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको रणनीति बनाउँदै स्वास्थ्य मन्त्रालय

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको १० वर्षे

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सुझाव

कर्णाली । कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा. भगवान कोइराला संयोजकत्वको उच्चस्तरीय

मधेसका मुख्यमन्त्रीद्वारा राजविराजका सात अस्पतालको अनुगमन, दुईलाई बन्द गर्न निर्देशन

राजविराज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आइबार राजविराजका विभिन्न सातवटा अस्पतालको अनुगमन

के छ स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदनमा ?

काठमाडौँ । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८१ सार्वजनिक गरिएको छ ।