परोपकार प्रसूति अस्पतालको अध्यक्षमा पाण्डे नियुक्त



काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सरोजा कार्की पाण्डे नियुक्त भएकी छन्।

स्वास्थ्य तथा जनसङ्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई नियुक्त गरेका हुन्। डा पाण्डेले सोही अस्पतालमा १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरिसकेकी छन्। उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्रीरोग विशेषज्ञमा एमडी गरेकी छन्।

यसअघि भरतपुर अस्पतालको रजिष्ट्रार भइसकेकी डा पाण्डेले प्रसूति तथा स्त्रीरोगसम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिकासमेत निर्वाह गरिसकेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सुझाव

कर्णाली । कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा. भगवान कोइराला संयोजकत्वको उच्चस्तरीय

मधेसका मुख्यमन्त्रीद्वारा राजविराजका सात अस्पतालको अनुगमन, दुईलाई बन्द गर्न निर्देशन

राजविराज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आइबार राजविराजका विभिन्न सातवटा अस्पतालको अनुगमन

के छ स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदनमा ?

काठमाडौँ । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८१ सार्वजनिक गरिएको छ ।

नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५२५ जना लाभान्दित

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–६, स्थित घैरुङ स्वास्थ्य चौकीमा सञ्चालन भएको दुई