जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ‘स्क्रिनिङ’ गरिँदै



जुम्ला । जुम्ला जिल्लाको जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन तिला गाउँपालिकाले ‘स्क्रिनिङ’ सुरु गरेको छ । स्वास्थ्य शाखाले पालिकाको जुम्लाकोट स्वास्थ्य चौकीमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन निःशुल्क ‘स्क्रिनिङ’ शिविर सञ्चालन गरेको हो ।

विशेषज्ञ स्वास्थ्यकर्मीसहितको टोली मङ्गलबार तिलाका ग्रामीण स्वास्थ्य चौकीमा पुगेर ‘माइक्रोस्कोपी स्क्रिनिङ’ शिविरमार्फत नयाँ बिरामी तथा पुरानाको अवस्था पत्ता लगाउन खोजपड्ताल अभियान सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका टिबीरोग सम्पर्कव्यक्ति उत्तम देवकोटाले जानकारी दिए। उनका अनुसार करिब एक सय आठ जनाको स्वास्थ्य जाँच गरिएको छ ।

देवकोटाले भने,’रिपोर्ट आउन दुई दिन लाग्ने छ । जनस्वास्थ्य सेवा कार्यालयबाट टिबीरोग हेर्ने स्वास्थ्यकर्मीसहितको टोलीले यहाँका सम्भावित क्षयरोगका बिरामीको स्वास्थ्य जाँच गरेको हो ।’ गाउँपालिकाका स्वास्थ्यकर्मी गाउँमा पुगेर बिरामी पहिचानसहित स्वास्थ्योपचार सेवा र आवश्यक सल्लाह दिन क्षयरोगसम्बन्धी निःशुल्क शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।

पालिकाभित्र अहिलेसम्म नौ जना नयाँ क्षयरोगका बिरामी फेला परेपछि सबैलाई स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गराइएको देवकोटाले बताए। क्षयरोग मुक्त पालिका बनाउने उद्देश्यले प्रत्येक वर्ष गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयको स्वास्थ्य गरिँदै आइएको उनले उल्लेख गरे।

क्षयरोग सुक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग हो । स्वास्थ्यप्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी बढिरहेका पाइन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोटो व्यक्तिमा जोखिम कस्तो छ त ?

– डा अवनिभूषण उपाध्याय केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा

आधारभूत अस्पताल निर्माण : घोषणा भयो, कार्यान्वयन भएन

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण भएको वर्षदिन

स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पुर्याउँछु भनेर स्वास्थ्य मन्त्रीले सपना बाँडेको सांसद कार्कीको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग

नसर्ने रोगको पहिचानः काभ्रेमा एक महिने ‘स्क्रीनिङ’अभियान

काभ्रे।  नसर्ने रोगको रोकथामका लागि काभ्रेपलाञ्चोकमा एक महिने ‘स्क्रीनिङ’ अभियान थालिएको छ ।