मुटु परीक्षण शिविरबाट ८७० जना लाभान्वित



तेह्रथुम । सदरमुकाम म्याङलुङमा सञ्चालित निःशुल्क मुटु परीक्षण शिविरबाट आठ सय ७० जना लाभान्वित भएका छन् । शिविरमा मुटुसम्बन्धी परीक्षण, मधुमेह, उच्च रक्तचापलगायतको परीक्षण गरिएको थियो । जिल्लाका छ वटै पालिकाबाट मुटुको समस्या भएका बिरामी परीक्षणका लागि आएका थिए ।

लायन्स क्लब अफ काठमाडौँ बुद्ध युनिभर्सलको आयोजना र सहिद गङ्गालाल हृदय केन्द्र काठमाडौँको प्राविधिक सहयोग तथा सांसद सीता गुरुङ, म्याङलुङ नगरपालिका, नबिल बैंकसहित जिल्लास्थित विभिन्न संस्थाको समन्वयमा निःशुल्क मुटु परीक्षण शिविर सम्पन्न भएको हो ।

शिविरमा परीक्षण गरिएकाहरू थप उपचार गर्नुपर्ने बिरामीलाई गङ्गालाल हृदय केन्द्र काठमाडौँमा निःशुल्क उपचार गरिने गङ्गालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले बताए ।

बिरामीको यातायातको शुल्क भने जयन्ती मेमोरियल ट्रष्टले बेहोर्ने उनले बताए । शिविरमा मुटुरोग विशेषज्ञ डा दीपक लिम्बूसहितको १८ विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए ।

तेह्रथुमबाट मुटुसम्बन्धी विशेषज्ञ सेवा लिन राजधानी तथा सुविधासम्पन्न अस्पताल जानुपर्ने अवस्था छ । जसका लागि पैसा र समय पनि खर्चिलो भएकाले सबैको पहुँचमा नहुने भएकाले तेह्रथुमजस्तो विकट पूर्वी पहाडी जिल्लामा मुटुसम्बन्धी समस्या भएकालाई सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको उनले बताए ।

म्याङलुङ नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले मुटु परीक्षणका लागि तेह्रथुमजस्तो दुर्गम जिल्लामा सबै पक्षको समन्वयमा ल्याउन सफल भएकोप्रति आभार व्यक्त गरे । सांसद गुरुङले तेह्रथुम जिल्लामा मुटुको स्वास्थ्य शिविर लामो समयको प्रयासपछि ल्याउन सफल भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा

लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट

काठमाडौँ । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय

औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैनः स्वास्थ्यमन्त्री पौडेल

इलाम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा बागमतीका स्वास्थ्यमन्त्री थापा

भक्तपुर । शनिबार कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि