मन्थली अस्पतालको भवन नगरपालिकालाई हस्तान्तरण



मन्थली । १५ श्ययाको मन्थली अस्पतालको नवनिर्मित भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा १० करोड १३ लाख रुपैयाँको लागतमा निर्मित दुईतले नगर अस्पतालको भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका प्रमुख सुमन सालिकेले बुधबार मन्थली नगर प्रमुख लव श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

उनले मन्थली नगरका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशव धामी र निर्माण व्यवसायी सजन श्रेष्ठको रोहवरमा हस्तान्तरण गरे ।

नगर प्रमुख श्रेष्ठले अस्पतालको सञ्चालन र व्यवस्थापन गर्न पालिकालाई सहज भएको बताए । साथै उनले नयाँ भवन भएपछि अस्पतालको सेवा विस्तार गर्ने सोचमा आफू रहेको जानकारी पनि दिए । नगरको योजनाअनुसार मन्थली अस्पताललाई प्रदेश अस्पतालका रूपमा विस्तार गर्ने योजना उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लमजुङको परेवाडाँडा पोषणमैत्री स्वास्थ्य चौकी

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित परेवाडाँडा स्वास्थ्य चौकीलाई बुधबार पोषणमैत्री स्वास्थ्यचौकी घोषणा

तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै

दमौली (तनहुँ) । जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप

बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायद्वारा

सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण

म्याग्दी । बेनी नगरपालिका-९ स्थित घतानमा सामुदायिक वनको घाँस दाउरा बेचेको, मन्दिरको भेटीका,