लमजुङको परेवाडाँडा पोषणमैत्री स्वास्थ्य चौकी



लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित परेवाडाँडा स्वास्थ्य चौकीलाई बुधबार पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएको छ ।

यसअघि वडा नम्बर ८ स्थित भोटेओडार स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो । सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नविनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा बोल्दै सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइरालाले पोषणमैत्री वडा घोषणा गर्न पहिले स्वास्थ्य संस्था पोषणमैत्री हुनुपर्ने बताए ।

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा सरकारले तोकेका विभिन्न सूचक पूरा गर्न वडाबाट सकारात्मक सहयोगका साथै स्वास्थ्यकर्मीले अथक परिश्रम गरेको परेवाडाँडा स्वास्थ्य चौकीका प्रमुख रामेश्वर सेढाइँले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९’ समेत जारी गरेको छ । ‘पोषणमैत्री स्थानीय तह कार्यान्वयन निर्देशिका २०७८’ ले २०८७ सालसम्ममा देशका सबै स्थानीय तहलाई पोषणमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य निर्धारण गरेको छ ।

पोषणमैत्री स्वास्थ्य संस्था हुनका लागि दश वटा मापदण्ड तोकिएका छन् । ती मापदण्ड पूरा गरेपछि मात्रै पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न पाइने निर्देशिकामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर

गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा

लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट

काठमाडौँ । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय

औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैनः स्वास्थ्यमन्त्री पौडेल

इलाम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन