सबैमा उपचारको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल



तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्याउन सरकार लागेको बताएका छन् ।

नेपाली कांग्रेस तनहुँले शनिबार बिपी स्मृति भवन दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पैसा अभावले उपचार नपाउने अवस्थाको अन्त्य गर्दै सबैमा उपचारको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध भएको बताए ।

उनले स्वास्थ्य बीमाको पहुँच र रकमको वृद्धि गरी उपचारमा सहजता कायम गरिने समेत उल्लेख गरे । बिरामीको जीवन रक्षामा मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार नरोकिने पौडेलको भनाइ थियो ।

स्वास्थ्य बीमालाई एक लाखबाट वृद्धि गरी पाँच लाख पुर्याउन स्रोत व्यवस्थापनमा सरकार लागेको मन्त्री पौडेलले जानकारी गराए ।

उनले भने,“स्वास्थ्य बीमालाई पाँच लाख पुर्याउँछौँ मात्र भनेका होइनौँ, कसरी स्रोत जम्मा गर्ने भन्ने विषयको गृहकार्य गरिरहेका छौँ, मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने प्रक्रियामा अगाडि बढिसकेका छौँ ।”

निजी संस्था र नागरिकबाट उठ्ने करको केही रकम बीमा कोषमा ल्याउने तयारी भएको उनले बताए ।

जटिल रोग लागेका बिरामीलाई एक लाखले उपचार सम्भव हुँदैन, जसले गर्दा बीमाको रकम वृद्धि गरी पाँच लाख पुर्याउने योजना तयार भएको उनको भनाइ थियो ।

स्वास्थ्य बीमाको स्रोत व्यवस्थापनमा नागरिक, सरकार, विभिन्न सङ्घसंस्थाको योगदानलाई सुनिश्चित हुने गरी कार्यक्रम ल्याइने पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने

जुम्ला । जुम्ला  जिल्लाका आठ वटै स्थानीय तहका आठ हजार आठ सय २९

कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

कञ्चनपुर । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप

पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन

खोटाङ । तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको

प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री अबिलम्ब रोक्न विभागको आग्रह

काठमाडौँ । प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरेको पाइए स्वास्थ्य