देवघाटमा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बीमा



दमौली। तनहुँको देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरेको छ ।

गाउँपालिकाले अल्पसङ्ख्यक तथा विपन्न समुदायलाई स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यले निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरेको हो ।

पाँचवटै वडामा बसोबास गर्ने सीमान्तकृत बोटे र चेपाङसहित दलित र ब्रामु समुदायका बासिन्दाको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए ।

गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा रु ११ लाख बजेट विनियोजन गरेको छ ।

पहिलो चरणमा केही परिवारको स्वास्थ्य बीमा गरिएपछि अध्यक्ष थापाले सम्बन्धित परिवारलाई स्वास्थ्य बीमा परिचयपत्र हस्तान्तरण गरेका छन् । उनले भने, ‘यो कार्यक्रमबाट करिब तीन सय १५ परिवार लाभान्वित हुनेछन् । स्वास्थ्य बीमाका लागि आवश्यक रकम गाउँपालिकाले तिरिदिनेछ।’

अध्यक्ष थापाका अनुसार ती समुदायका नागरिकका साथै आर्थिक अवस्था कमजोर भएका अन्य स्थानीयको पनि निःशुल्क स्वास्थ्य बीमा गर्ने नीति पालिकाले लिएको छ ।

आर्थिक अभावमा पछाडि पारिएका समुदाय न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर चालु आवदेखि स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गरिएका उनले बताए ।

अध्यक्ष थापाले सीमान्तकृत र लोपोन्मुख समुदायका नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारीलगायत अन्य विभिन्न क्षेत्रमा पनि सहयोग गर्ने पालिकाको नीति रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्वास्थ्य बीमाको प्रिमियम बढाउने विषयमा बहस आवश्यक छ’

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले स्वास्थ्य बीमामा सुधार

नसर्ने रोगका प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ

  काठमाडौँ । सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग शरीरका लागि अति घातक रहेको

प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य

प्रदेश अस्पतालमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा