पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण गरिने



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ ।

मन्त्रालयअन्तर्गत परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए/नभएको परीक्षण गर्ने भएको हो ।

फागुन महिनाभर देशैभर एकै साथ महिलामा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिए । डा लालले भने, “यसवर्ष अभियान कै रुपमा एकै साथ परीक्षण गर्न लागेका हौँ । यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गरिनेछ ।”

नेपालमा सन् २०२२ मा कूल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको सङ्ख्या सात हजार सात सय ६८ रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ ।

सङ्गठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् । हाल नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा महिलामा हुने पाठेघर तथा स्तनसम्बन्धी क्यान्सर रोकथामका लागि देशैभर अभियानका रुपमा स्क्रिनिङ थाल्ने उल्लेख थियो ।

सोहीअनुसार मन्त्रालयले पाठेघर तथा स्तनको क्यान्सर नियन्त्रणलाई प्राथमिकता दिएर यस वर्ष कार्यक्रम अघि बढाएको छ । मन्त्रालयले यही माघ २२ गतेदेखि दुई सातासम्म १६ लाख किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गर्दैछ । यसबाट ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका

चितवन जिल्लामा डेङ्गी सङ्क्रमण घट्दो क्रममा

  चितवन । चितवन जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ । यहाँका अस्पतालमा

विशेषज्ञ अभावमा हेटौंडा अस्पतालमा मुटुपरीक्षण उपकरण उपयोगविहीन

हेटौंडा । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगीको जाँचका लागि ल्याइएको उपकरण विगत

नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी

वीरगञ्ज (पर्सा) । वीरगञ्जको नारायणी अस्पताललाई थप व्यवस्थित गराउन गुरुयोजनाको काम अघि बढाइएको