मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँँ : स्वास्थ्यमन्त्री पौडेल



 

सर्लाही । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सर्लाहीको ईश्वरपुरमा मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार ईश्वरपुर नगरपालिका–९ मा निर्माण भएको भरतपुर आँखा उपचार केन्द्रको उद्घाटन गर्दै उनले भने,‘‘मृगौला रोगको उपचारका लागि डाइलासिस सेन्टर बनाउनुपर्छ भन्ने सुने । त्यसका लागि आवश्यक उपकरणको व्यवस्था र विपन्न उपचारको सूचिमा सूचीकृत गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।”

उनले भौतिक पूर्वाधारको व्यवस्थापन भइसकेपछि डाइलासिसका लागि आवश्यक तीन सेट मेसिन उपलब्ध गराउनबारे आफू सकारात्मक रहेको बताए ।

“यसका साथै राज्यले एक जनालाई डाइलासिस गरेको २५ सय रुपैयाँ दिने व्यवस्था छ । कुन कुन केन्द्रमा उपचार हुन्छ भनेर सूचिभित्र पार्नुपर्छ । त्यसका लागि पनि पहल गर्छु । यहाँहरूले पालिकाबाट गर्ने काम गर्नुस्”, उनले भने ।

यसैगरी यस क्षेत्रका लागि आवश्यक रक्त सङ्कलन केन्द्र सञ्चालनका लागि कुनै संस्थासँग समन्वय गर्ने र त्यसो हुन नसके मन्त्रालयसँगको सहकार्यमा सो केन्द्र सञ्चालन गर्न सकिने मन्त्री पौडेलको भनाइ थियो ।

उनले पाठेघरको समस्या समाधानका लागि रोग लाग्नै नदिने गरी सचेत हुनुपर्ने र लागिहालेमा सहज उपचारका लागि सरकारले सहयोग गर्ने बताए । मन्त्री पौडेलले हाल सञ्चालनमा रहेको एक लाखको स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित नरहेकाले यसलाई पाँच लाख पुर्याउने तयारी भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य

प्रदेश अस्पतालमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा

सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन

चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई