६ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन



राजविराज (सप्तरी)। तीन सय शय्याको गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण थालिएको छ वर्षमा पनि पूरा भएको छैन । निर्माण कम्पनीसँग तीन वर्ष छ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

अस्पताल भवन पूरा नहुँदा बहिरङ्ग र प्रसूति सेवा प्रभावित भएको छ । सहरी विकास मन्त्रालयबाट रु ३१ करोड छ लाख २० हजारमा २०७५ सालमा भवन निर्माण सम्झौता भएको हो ।

तीन पटक सम्म म्याद थप गरिए पनि भवन अधुरै छ । विसं २०७५ पुस २६ गते तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले भवन निर्माणको शिलान्यास गरेका थिए। सघन सहरी तथा भवन निर्माण आयोजनाका अनुसार निर्माण कम्पनीलाई अगामी पुसभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य

प्रदेश अस्पतालमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा

सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन

चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई