भरतपुर महानगरपालिकामा छोरी बीमा कार्यक्रम



चितवन । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको छोरीको जीवन बीमा कार्यक्रममा आठ सय ९१ जना छोरीको बीमा भएको छ । भरतपुर महानगरपालिकाका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीको बीमा गरिएको हो ।

स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन सय ३८, आव २०८०/८१ मा चार सय १३ र चालु आवको हालसम्म एक सय ४० जना छोरीको बीमा भएको छ ।

महानगरपालिकाले राष्ट्रिय बीमा कम्पनीमा बीमाबापत १५ वर्षसम्ममा रु ५० हजार बुझाउने गर्दछ । सोपश्चात बीमा कम्पनीले बिमितलाई रु एक लाख प्रदान गर्ने उनले बताइन् । पौडेलले भनिन् “अहिले हामीले बीमा भइसकेका छोरीहरूका लागि वार्षिक रु तीन हजार तीन सय २७ नवीकरण शुल्क बुझाउने गरेका छौँ ।”

समाजमा छोराछोरी बराबरी हुन् भन्ने सन्देश दिँदै छोरी गर्भमा भएमा गर्भपतनसम्म गराउने परिपाटीको अन्त्य गराउन बीमा कार्यक्रम प्रभावकारी हुने उनले बताइन् । महानगरपालिकाले छोरी लक्षित विभिन्न कार्यक्रम विद्यालयमार्फत पनि सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य

प्रदेश अस्पतालमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा

सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन

चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई