एकसय दिनमा ४८ जना गर्भवती र सुत्केरीको हवाइ उद्धार



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक सय दिनमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ४८ जना गर्भवती तथा सुत्केरीको हवाइ उद्धार गरेको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री नवलकिशोर सुडीले सय दिनमा गरिएका कार्यसम्पादनका उपलब्धि सार्वजनिक गर्दै जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको जानकारी दिए ।

मन्त्रालयका सचिव दिनेश भट्टराईले राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारमा सरकार सधैँ चनाखो रहेको दाबी गरे । उनले कहिलेकाहीँ सेनाको हेलिकप्टर नपाउँदा वैकल्पिक व्यवस्था गरेर भए पनि सेवा प्रदान गर्दै आएको बताए ।

यस्तै, मन्त्रालयले सय दिनभित्र कार्यसम्पादन गरेका उपलब्धिमध्ये प्राकृतिक प्रकोपको विपतमा परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिलाई मानसिक र शारीरिक राहत प्रदान रहेको मन्त्री सुडीले जानकारी दिए ।

उनले विपद पीडित एक हजार १६५ जनालाई पहिलो चरणको मनोसामाजिक परामर्श सेवा प्रदान गरिनाका साथै, बालबालिका, महिला र अशक्तलाई आवश्यक राहत सामग्री प्रदान गरेको पनि जानकारी दिए ।

कुल एक अर्ब ६० करोड १३ लाख ४० हजार बजेट रहेको यस मन्त्रालयले नेपालको कुल जनसङ्ख्याको ७७ दशमलव १६ प्रतिशत जनसङ्ख्याको नेतृत्व गर्दै आएको बताउँदै मन्त्री सुडीले ठूलो जिम्मेवारी तर सीमित स्रोतसाधन मन्त्रालयको कार्यसम्पादनको मुख्य चुनौती रहेको बताए ।

दश स्थानीय तहबाट सडक बालबालिकाको तथ्याङ्क माग गरिएकामा ५६ जनाको तथ्याङ्क आएको र उनीहरुलाई राष्ट्रिय बालअधिकार परिषद्मार्फत उद्धार, पुनर्स्थापनामा प्रक्रिया अघि बढेको, हराएका बालबालिका खोजेर परिवारलाई पुनर्मिलन गराएको, मानव बेचबिखन तथा ओसारपसारपीडित/प्रभावित ७७ महिलाको उद्धार गरिएको लगायत कार्य मन्त्रालयले उपलब्धिका रुपमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु हुने

  भक्तपुर । बागमती प्रदेशभित्रका प्रादेशिक अस्पतालहरूमा यही माघ २२ गतेदेखि बिहान ८

सिरहाका तीन अस्पतालाई स्वास्थ्य उपकरण सहयोग

सिरहा । सिरहाका तीन अस्पतालाई करोडौं मुल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त

भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशाला लगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी आफैले लिनसक्ने

एचपिभी खोप अभियानको अभिनेत्री मनिषा कोइराला सद्भावनादूत घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानका