शनिश्चरे नगर अस्पतालमा सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि



झापा ।   अर्जुनधारास्थित शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ।

नगर अस्पतालमा आमा सुरक्षाका कार्यक्रमसँगै शल्यक्रियासहितको प्रसूति सेवा सुरु भएपछि यहाँ प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको हो। नगर अस्पतालमा आर्थिक वर्ष २०८१/८२ को हालसम्म ७६ जनाले प्रसूति सेवा लिएको अस्पतालका अभिलेख शाखा प्रमुख किरणकुमार खरेलले जानकारी दिए। आव २०८०/८१ मा ८३ जनाले सेवा लिएका थिए।

आमा सुरक्षा नमूना कार्यक्रमअन्तर्गत सङ्घीय सरकारबाट आवश्यक अत्याधुनिक उपकरण प्राप्त भएपछि प्रसूति गराउन आउने सङ्ख्या उल्लेख्य वृद्धि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा योगेश चेम्जोङले बताए।

‘दक्ष जनशक्तिसँगै पूर्वाधार पर्याप्त भएकाले पनि आकर्षण बढ्दै गएको छ’, उनले भने, ‘सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने प्रयास गरिरहेका छौँ, सेवाग्राहीको विश्वास पनि बढिरहेको छ।’

गत आवमा नगर अस्पतालबाट ७९ हजार आठ सय ६२ जनाले बहिरङ्ग सेवा लिएका थिए भने चालु आवको भदौसम्म १७ हजार तीन सय ३४ जनाले सेवा लिएको अस्पतालले जनाएको छ। हालै नगर अस्पताललाई सङ्घीय सरकारले  ७६ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ।

अस्पतालको सेवाको स्तरवृद्धिका लागि सङ्घीय सरकारले अत्याधुनिक प्रसूति शय्या, इसिजी मेसिन, फोटोथेरापी मेसिन एक–एक थान, बिरामी शय्या नौ थान, एक्स–रे मेसिन एक थान, बिपी सेट पाँच थान, ल्याब्रोटेरी माइक्रोस्कोप एक थान, सिटीजी मेसिन एक थान र पोर्टेबल भिडियो एक्स–रे मेसिन एक थान प्रदान गरेको हो।

नगर अस्पतालको भवन निर्माणका लागि सरकारले चालु आवमा रु सात करोड बजेट विनियोजन गरेको उनले बताए। नयाँ भवन सञ्चालनमा आएपछि सेवा विस्तार हुने उनले बताए। अस्पतालमा दुई चिकित्सक अत्यावश्यक रहेकाले मन्त्रालयसँग माग गरिएको नगरप्रमुख गोम्देनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आपतकालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यकर्मीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ । अविरल वर्षाका कारण देशभर गएको बाढी र पहिराले जनधनको क्षति गरिरहेको

बाढीपहिरोमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई सरकारको निर्देशन

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र

प्रधानमन्त्रीको उपस्थितिमा मातृ-शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता

बोस्टन (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा दिनुपर्छः राष्ट्रपति पौडेल

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य