हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण



काठमाडौँ । हुम्लाबाहेक देशभर डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । डेङ्गी सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असोजम्म पानी पर्ने भएकाले डेङ्गीको जोखिम हुने बताए ।

‘साधारणतया डेङ्गी सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ’, उनले भने, ‘त्यसपछि जाडो याम सुरु हुने भएकाले डेङ्गी सार्ने लामखुट्टे क्रमशः हराउँदै जान्छन् ।’

प्रमुख डा दाहालका अनुसार अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । हालसम्म डेङ्गी रोगको सङ्क्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या