त्रियुगा नगर अस्पताल सञ्चालन



उदयपुर । उदयपुरको त्रियुगा नगर अस्पतालले सेवा सञ्चालन गरेको छ । त्रियुगा नगरपालिका– ५ देउरीमा नगरपालिकाले अस्पताल सञ्चालन गरेको हो ।

त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बिहीबार आयोजित एक कार्यक्रममा अस्पतालको उद्घाटन गर्दै नगर क्षेत्रका बिरामीलाई जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता अन्त्य भएको बताए ।

त्रियुगा नगरपालिकाले नगर अस्पताल सञ्चालन गरेपछि जिल्ला अस्पतालमा बिरामीको चाप घट्ने र सेवा सहज बन्ने विश्वास व्यक्त गरे ।

अस्पतालमा तीन जना डाक्टर, तीन जना सहयोगी ,तीन वरिष्ठ स्वास्थ्य सहायक, दुई स्टाफनर्ससहित १६ जनाले सेवा प्रवाह गरेका छन् । हाललाई आकष्मिक, प्रसूति, परिवारनियोजन, प्रयोगशाला सेवा उपलब्ध रहेको अस्पतालका प्रशासन अधिकृत उपेन्द्र कार्कीले बताए ।

एक लाख ७५ हजार जनसङ्ख्या रहेको त्रियुगा नगरपालिका क्षेत्रमा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य समस्या घट्ने अपेक्षा गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या