नारायणी अस्पतालमा एमआरआई सेवा सञ्चालन



 

वीरगञ्ज (पर्सा) । नारायणी अस्पताल वीरगञ्जमा पाँच महिनादेखि अवरुद्ध भएको ‘एमआरआई’ सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । अस्पताल प्रशासन र एमआरआई मेसिन आपूर्तिकर्ताबीच भुक्तानीसम्बन्धी विवाद भएपछि पाँचमहिनादेखि सेवा अवरुद्ध भएको थियो ।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा एनामुल हकले अस्पतालमा आजदेखि एमआरआई सेवा पुनःसञ्चालनमा ल्याइएको बताए ।

“यसअघि भुक्तानी विवादका कारण मेसिनको सफ्टवेयर अपडेट नहुँदा सेवा प्रभावित हुँदै आइरहेको थियो” उनले भने, “भुक्तानी विवाद समाधानगरी नियमित सेवा सञ्चालन गरेका छौँ ।”

सङ्घीय सरकार मातहतको स्वास्थ्य सेवा विभागले गत कात्तिकमा बोलपत्रगरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालीमार्फत चीनबाट  ३० करोडमा उक्त मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको थियो ।

विभागले आपूर्तिकर्ताले मेसिन आयात गर्दा लागेको पाँच प्रतिशत कर नतिरेको भन्दै भुक्तानी रोकेको थियो । पछिल्लो समय प्रालीले पाँच प्रतिशत कर भुक्तानी गरेसँगै विभागले पनि बाँकी रहेको २० प्रतिशत बक्यौता रकम भुक्तानी गरेपछि नियमित एमआरआई मेसिन सञ्चालनमा ल्याइएको मेसु डा हकले उल्लेख गरे । नियमित सेवा सञ्चालनमा आएसँगै नागरिकले सस्तो र सहज सुविधा पाउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य बीमा सबै स्थानीय तहमा लागु गर्ने अभियानमा छौँ : स्वास्थ्यमन्त्री पौडेल

पाटन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सुधार गरेर नागरिकलाई प्रभावकारी

विपन्न बिरामीलाई गाउँमै स्वास्थ्य सेवा

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले विपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गतवर्ष लिए चार लाख ५५ हजारले सेवा

कास्की । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा चार लाख ५५

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर उपचार सेवा विस्तार

गण्डकी । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच