राष्ट्रपति पौडेलद्वारा वरिष्ठ महिला चिकित्सकलाई सम्मान



 

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकलाई सम्मान गरेक छन् । नेपाल चिकित्सक सङ्घद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत  राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा वुमेन इन मेडिसिन इन नेपाल अवार्डअन्न्तर्गत डा रीता गुरूङ, डा शान्तकुमारी सापकोटा, डा हीरा तुलाधर, डा गीता सायमी र डा कल्पना सुवेदी उपाध्याय छन् ।

वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डअन्तर्गत डा सुनिता आचार्य, डा सुधा खकुरेल, डा विमला लाखे, डा मालती त्रिपाठी र डा अम्बिका श्रेष्ठ छन् । उनीहरूलाई राष्ट्रपति पौडेलले दोसल्ला एवं सम्मानपत्रसहित सम्मान गरेका थिए ।

सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या