‘पोइजन सूचना केन्द्र’ सरकारको प्राथमिकतामाः स्वास्थ्यमन्त्री पौडेल



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पोइजन सूचना केन्द्रले विष सेवन गरेकाहरुलाई दिनुपर्ने परामर्शको सरकारी स्तरमा राम्रो सुरुवात भएको बताएका छन् ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको ‘पोइजन सूचना केन्द्र’को पहिलो वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले भने, “अस्पतालको यो सेवा निकै राम्रो छ । यो केन्द्र सरकारको प्राथमिकतामा छ ।”

उनले उक्त केन्द्रले देशभरका स्वास्थ्यकर्मीलाई विषसम्बन्धी जटिल बिरामीको व्यवस्थापनमा परामर्श तथा सुझाव प्रदानमा उल्लेख्य भूमिका निर्वाह गरेको उल्लेख गर्दै मन्त्रालय नीतिगत व्यवस्था र प्राविधिक सहकार्यका निम्ति तयार रहेको बताए ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा दिव्या सिंह शाहले ‘पाइलट प्रोजेक्ट’का रुपमा सुरु गरिएको यो केन्द्र अहिले राम्रोसँग सञ्चालनमा आएकोमा खुसी व्यक्त गरिन् ।

विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आयोजित कार्यक्रममा केन्द्रका प्रमुख डा राकेश घिमिरेले एक वर्षमा संस्थाले दुई सय ७० वटा घटनामा समन्वय गरेको जानकारी गराए । उनले भने, “विष सेवन गरी भएका आत्महत्याको दरमा कमी ल्याउन केन्द्रले भूमिका निर्वाह गरिरहेको छ । यहाँ आउने बिरामीहरु जटिल प्रकृतिका हुने गरेका छन् ।”

नेपालमा भएका आत्महत्यामध्ये दोस्रो प्रमुख कारण विष सेवन रहेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार १८ दशमलव २० प्रतिशतको मृत्यु विष सेवनबाट हुने गरेको छ । त्यसमा पनि विषादीको प्रयोग गरेर मर्नेको सङ्ख्या उच्च छ ।

प्रमुख डा घिमिरेले भने, “हामीसँग विष सेवनपछि जटिलता र जोखिमबारे आकलन गर्न सक्ने विज्ञको टिम पनि छ । यसको देशभर सञ्जालका साथै अन्तर्राष्ट्रिय विज्ञसँगको समन्वय पनि भइरहेको छ ।”

यस केन्द्रले विष सेवन गरेकाको उपचारलाई प्रभावकारी बनाउने काम गरिरहेको छ । विष सेवनपछिको उपचारका विषयमा कुनै जानकारी आवश्यक परेमा सेन्टसरमा २४ सै घण्टा ०१–४५०२०११ मा फोन गर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छारेरोगबाट बच्ने कसरी ?

-डा. राजीव झा हाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ ।

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

  गण्डकी । गत पुस/माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौँ । गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको

जाडो मौसममा निमोनियाबाट कसरी जोगिने ?

चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको