बडिगाडमा ‘डाइलाइसिस’ सेवा सञ्चालनको तयारी



बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले मिर्गौलाको बिरामीका लागि डाइलाइसिस सेवा सुरु गर्ने भएको छ । यसका लागि बडिगाड –५ ग्वालीचौरमा १८ करोड रुपैयाँको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण भइसकेको छ । नवनिर्मित उक्त भवनबाट आगामी कात्तिकदेखि सेवा सञ्चालन गर्ने तयारीमा गाउँपालिका जुटेको जनाइएको छ ।

यसबाट विशेषगरी गलकोट र ढोरपाटन नगरपालिकासहित बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका बिरामी लाभान्वित हुनेछन् ।

धवलागिरि अस्पतालमा मात्रै सो सुविधा रहेकामा बडिगाडमा पनि डाइलाइसिस सेवा सञ्चलनसम्बन्धी बडिगाड गाउँपालिका र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच सम्झौता भएको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीबीच डाइलाइसिस सेवा दिने विषयमा सम्झौता भएको बडिगाड गाउँपालिकाले जनाएको छ ।

सम्झौताअनुसार बडिगाड अस्पतालमा प्रत्योपण केन्द्रले चिकित्सक र स्वास्थ्यकर्मी परिचालन एवं अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्ने जनाइएको छ ।

यसबाट बागलुङ पश्चिमका साथै गुल्मी, रुकुम र रोल्पाका जनताले सहज सेवा पाउने बडिगाड गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो । बडिगाडले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उचार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या